सालपा विकास बैंकको आईपिओ बिक्री खुला

Jantedhunga

महेश्वर कोइराला ,खोटाङ । "खोटाङको बचत, खोटाङमै लगानी"भन्ने मूल नारासहित विसं २०६९ साउन ३ गते खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल बजारमा केन्द्रीय कार्यालय रहने गरि स्थापना भएको सालपा विकास बैंक लिमिटेडले पुस १६ गते (आज)देखि आईपीओ बिक्रीमा ल्याएको छ।

यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरिसकेको बैंकले आज देखि सर्वसाधारणका लागी आइपिओ बिक्री सुरु गरेको हो।

बैंकले जारी पुँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । जसमा १ लाख ७२ हजार ३८८ कित्ता शेयर विदेशमा रहेका नेपालीहरूका लागि र ८६ लाख १९४ कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

बैंकले अब १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँ बराबरको १४ लाख ३९ हजार १७९ कित्ता शेयर प्रति कित्ता १०० का दरले सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्काशन गर्न लागेको हो।

मुक्तिनाथ क्यापिटल निष्काशन तथा बिक्री प्रबन्धक रहेको यस कम्पनीको आईपीओमा इच्छुकले पौष २७ सम्म  न्यूनतम १० कित्तादेखि अधिकतममा २५ हजार कित्तासम्म आवेदन दिन सकिने छ।

Jantedhunga
प्रतिक्रिया