दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सुरुगरेको हेल्लो डाक्टर कार्यक्रमबाट एक महिना मै लिए दुई सय बढीले सेवा

Jantedhunga

खोटाङ। खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आ.व. २०८०/०८१ को नीति कार्यक्रम र बार्षिक बजेट तथा कार्यक्रममा समाबेश गरि गत २०८० भाद्र १ गते देखि हेल्लो डाक्टर कार्यक्रम संचालनमा ल्याएको छ। यस कार्यक्रम मार्फत दिर्घरोगी तथा अन्यको नियमित स्वास्थ्य परिक्षण र आकस्मिक स्वास्थ्य समस्या देखिएमा चौबीसै घण्टा घर-घरमै पुगेर स्वास्थ्य सेवा दिदै आएको छ।  हेल्लो डाक्टर कार्यक्रम मार्फत एक महिनामा २३५ नागरिकहरुले स्वास्थ्य सेवा लिएका छन्। जस अन्तर्गत २०१ जना उपचारपछि निको भएका छन भने २० जनालाई अन्यत्र समयमै  रेफर गरिएको छ र १४ जनाको सामान्य स्वास्थ्य परिक्षण गरि स्वास्थ्य सल्लाह दिइएको छ।
उपचार तथा रेफर गरिएको बिरामीहरुमा Commond cold, COPD, Asthma, Counjuntivitis, Fever, Chest pain, Pneumonia, Weakness, Fungal inbection, Couth, Allergy, Gastritis, wound, Vomiting, Ottitis media, Diarrhoea, Jundish, Bleeding, Laryngitis, Paralysis, Scabies, Sore throat जस्ता समस्या देखिएको र घर-घरमै पुगेर निशुल्क औषधी बितरण तथा उपचार गरिएको हेल्लो डाक्टर कार्यक्रमका टिम लिडर सुरेश प्रधानले जानकारी दिनु भयो।
हेल्लो डाक्टर कार्यक्रमले बर्षादको समयमा समेत घर-घर पुगेर स्वास्थ्य सेवा दिनु कम चुनौतीपूर्ण हैन, चाहे स्थानीय सरकारले के गर्न सक्दैन भन्ने उदाहरण दिप्रुङ चुईचुम्मा गाउँपालिकाले दिइएको र अन्य स्थानीय तहहरुले समेत अनुशरण गर्नु पर्ने स्थानीय बताउँछ्न।
यति छोटो समयमा ठूलो संख्यामा आफ्ना नागरिकहरुले स्वास्थ्य सेवा लिएको र दिप्रुङ चुइचुम्माबासी नागरिकहरुको अथाहा सहभागीता र समर्थन रहेकोले आफू थप उत्साहित भएको र प्राप्त पृष्ठपोषणको आधारमा थप ब्यबस्थित छिटो, छरितो, भरपर्दो चौबीसै घण्टा स्वास्थ्य सेवा प्रदान गर्न एक वडा एक हेल्लो डाक्टर स्वास्थ्य कर्मी ब्यबस्था गरिदै लगिने तथा स-सानो स्वास्थ्य समस्यामा समेत आफ्ना नागरिकहरुले ठूलो धनराशी र समय खर्च गर्नुपर्ने बाध्यताको अन्त्य गर्न र सम्भव भए सम्म आफ्नै गाउँपालिका भित्र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न MBBS डाक्टर सहितको गाउँपालिका स्तरीय अस्पतालको प्रबन्ध गर्न लागिएको तथा नागरिकहरुको स्वास्थ्य प्रती स्थानीय सरकार अत्यन्त संबेदनशील रहेको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताउनु भयो।

Jantedhunga
प्रतिक्रिया