सुदूरपश्चिम बुलेटिन : असार १७ गते

Jantedhunga

साउन १७ |

# सुदूरपश्चिममा मनसुन सक्रिय, भारी वर्षाको सम्भावना

सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी र दार्चुलासहित विभिन्न जिल्लामा आज पनि मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नदी किनार र पहिरोको जोखिम रहेका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। 


# बाढी–पहिरो जोखिम बढ्दै

प्रदेश सरकारले मनसुनजन्य विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानीय तहलाई तयारी अवस्थामा राखेको जनाएको छ। उद्धार सामग्री, जनशक्ति परिचालन तथा जोखिमयुक्त क्षेत्रको निगरानी बढाइएको छ।

# सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा

भारतसँग सीमा जोडिएका कञ्चनपुर र कैलालीका प्रमुख नाकामा सुरक्षा निगरानी थप कडा बनाइएको छ। पछिल्ला सुरक्षा संवेदनशील घटनालाई ध्यानमा राख्दै आवतजावत र सवारी साधनमा विशेष जाँच गरिएको सुरक्षा स्रोतले जनाएको छ। 


#  किसानलाई धानबालीको उचित व्यवस्थापन गर्न आग्रह

निरन्तर वर्षाका कारण खेतमा पानी जम्ने सम्भावना रहेकाले कृषि प्राविधिकहरूले धानबालीको उचित निकास व्यवस्था गर्न तथा रोग–कीराको निगरानी बढाउन किसानलाई सुझाव दिएका छन्।

#  राजमार्गमा सावधानी अपनाउन आग्रह

भीमदत्त, जयपृथ्वी र सेती राजमार्गका पहाडी खण्डमा वर्षासँगै साना पहिरो खस्ने जोखिम रहेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ।


Jantedhunga
प्रतिक्रिया