सुनसरीको बराहक्षेत्र बाट १२० किलो गाजा सहित ६जना पक्राउ

Jantedhunga

बराहक्षेत्र। सुनसरीको बराहक्षेत्र बाट ठूलो परिमाणको लागू औषध गाजा सहित ४ भारतीय र २ जना नेपाली सहित ६ जना पक्राउ परेका छ्न।                          सशस्त्र प्रहरी बल   नेपाल नंं. १ वराह बाहिनी मुख्यालय सुनसरीबाट सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईँको कमाण्डमा खटिएको टोलीले बिशेश सुचना को आधारमा सुमो गाडीसहित १२० किलो लागू औषध गाजा नियन्त्रणमा लिएको जनाएको छ ।

गाँजा ओसारपसारमा संलग्न रहेका भारतीय नागरिक अररिया जिल्ला बत्नाह बस्ने सुमो चालक३६वर्षिय मोहम्मद सिराज,अररिया फेना बस्ने वर्ष २० को अस्ताजु आलम वर्ष १९ को नसिम आलम र अररिया जिल्ला शहर्सा बस्ने वर्ष ५२ को ओमप्रकाश रजकलाई सशस्त्र प्रहरीले  नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्ने नेपाली हरुमा सुनसरीको देवानगञ्ज गाउँपालिका वडा ५ बस्ने वर्ष २० को शिवमकुमार साह र देवानगञ्ज ५ कै ३१ वर्षीय ओमप्रकाश साह रहेका छन।प्रहरीले उनीहरु माथी अनुसन्धान गरिरहेको छ।

Jantedhunga
प्रतिक्रिया