बिराटनगर , वैशाख २९ गते ।
सुनसरीको धरान उप-महानगरपालिका-१३ बाट ४ सय ४० किलोग्राम गाँजा बोकेको एम्वुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । वैशाख २९ गते राती इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा धरान-१३ मा को. १ च ७३५९ नम्बरको एम्बुलेन्स भित्र प्लास्टिकको बोरामा प्याक गरी राखेको ४ सय ४० किलोग्राम गाँजा बरामद गरेको हो । उक्त एम्वुलेन्स बुढासुब्बा डाईग्नोष्टिक सेन्टर प्रा.लि. धरानद्वारा संचालित रहेको खुल्न आएको र फरार चालकको खोजी साथै थप अनुसन्धान कार्य अगाडि बढाइएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जानकारी दिएको छ।
Jantedhunga
tuesday 12 may 2026
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो