छुरा प्रहार गरि हत्या गरेको आरोपमा एक युवक पक्राउ

Jantedhunga

बिराटनगर । आपसी विवादको क्रममा छुरा प्रहार गरि हत्या गरेको आरोपमा सुनसरीको धरान उपमहानगरपालिका १९ का २८ बर्षीय जिमी भन्ने अर्जुन बि.क.लाई प्रहरीले पक्राउ गरेको छ                                                                वैशाख २७ गते दिउँसो आपसी विवादको क्रममा वि.क.ले छुरा प्रहार गर्दा घाइते भएका धरान-१९ का जिवन      भुजेलको विराट नरसिङहोम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको थियो ।                                      घटना पश्चात फरार रहेका बि.क.लाई खोज तलास गर्ने क्रममा मोरङको बेलबारी नगरपालिका-११मा  लुकीछिपी बसेको अवस्थामा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।                  हत्या आरोपमा पक्राउ परेका बि.क.को इलाका प्रहरी कार्यालय धरानबाट आवश्यक थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।

Jantedhunga
प्रतिक्रिया