सर्वोच्च अदालतका सेवाहरू आजबाट आंशिक रूपमा सुचारु हुने

Jantedhunga

काठमाडौं । भदौ २४ गतेदेखि स्थगित रहेका सर्वोच्च अदालतका सेवाहरू आजबाट आंशिक रूपमा सुचारु हुने भएका छन्।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटका घटनापश्चात हालसम्म बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदनको दर्ता र सुनुवाइ मात्र भइरहेको थियो ।

आजदेखि भने रिट निवेदनहरू, मुलुकी देवानी कार्यविधिसंहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरू दर्ता र सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ ।

अन्य सम्पूर्ण सेवाहरू भने अर्को सूचना जारी नभएसम्मका लागि स्थगन नै रहने प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।

Jantedhunga
प्रतिक्रिया