काठमाडौ ।विश्व शान्ति तथा मानव एकता अभियान अन्तर्गत बिश्व शान्ति तथा मानव एकताका लागी "राष्ट्रिय तथा अन्तरास्ट्रिय शान्ति यात्रा"सहित विभिन्न कार्यक्रमको आयोजना हुने भएको छ । विश्व शान्ति तथा मानव एकता अभियान आयोजक र १०० भन्दा धेरै संघसंस्थाको सहभागितामा कार्यक्रमको आयोजना गर्न लागिएको हो। कार्यक्रम अन्तर्गत पहिलो चरणमा देशव्यापी शान्ति यात्रा , तथा विभिन्न धर्मका धर्म गुरुहरुको सहभागिता मा बृहत धर्म सभा तथा शान्ति सम्मेलन गरिने र दोश्रो चरणमा भारत ,भुटान,बर्मा, थाइल्यान्ड,दक्षिण कोरिया ,हङकङ,जापान सहितका मुलुकहरूमा शान्ति यात्राको लागि तयारी भइरहेको कार्यक्रम संयोजक राजभक्त योङ्या "मिधुङ" ले जानकारी दिएका छन् । नेपाल लाई किराँत ,बौद्ध र सनाखत( हिन्दु) धर्मको त्रि धार्मिक स्थल र शान्ति भूमिका रुपमा बिकास गरि किराँत तथा हिन्दु धर्मको उद्गम स्थल र भगवान बुद्धको जन्मभूमि नेपाल लाई विश्व सामु चिनाउने उदेश्यले यात्राको मुख्य नारा (स्लोगन) "buddha was born in Nepal " राखिएको र कार्यक्रमको तेस्रो चरण अन्तर्गत नेपालमा " विश्व शान्ति सम्मेलन को आयोजना गरिने संयोजक योङ्याले जानकारी दिएका छन् ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो