खोटाङ ।खोटाङको केपिलासगढी गाउँपालिका–३ बाँसपानीमा बुधबार दिउँसो सुमो गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएका दुर्गाप्रसाद राईको मृत्यु भएको छ। काठमाडौंबाट खोटाङको फेदी जादैगरेको ना १ ज ७१८१ नम्बरको सुमो बाँसपाानी भदौरेडाँडाबाट ५०० मिटर तल ताप खोला बगरमा झरेको थियो।
सुमो दुर्घटना हुँदा गम्भीर घाइते भएका राईलाई प्राथमिक उपचार पछि जिल्ला अस्पताल दिक्तेल ल्याएको केही समयमा घाइते राईको मृत्यु भएको थियो।
दुर्घटना स्थलबाट फरार भएका सुमो चालक सत्रुधन राई केही समयपछि आफै प्रहरीको सम्पर्कमा आएका थिए।गाडी रोकेर गाडीको मुनि अड्किएको काठ निकाल्न खोज्दा यात्रुसहित गाडी पल्टिएको चालक राईले बताएको र उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
Jantedhunga
thursday 26 dec 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो