विश्वासको मतको विपक्षमा मतदान गर्न काङ्ग्रेसको ह्विप

Jantedhunga

काठमाण्डौ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ । 

‘असार २८ गते शुक्रबारका दिन विहान ११ बजे प्रारम्भ हुने प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन (ह्वीप) जारी गरिन्छ’, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश  लेखकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ला लिएपछि प्रधानमन्त्री प्रचण्डले भोलि विश्वासको मत लिने प्रतिनिधिसभाको कार्यसूची छ ।

Jantedhunga
प्रतिक्रिया