आज सार्वजनिक बिदा : पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

Jantedhunga

काठमाडौ।पूर्वसभामुख स्व.दमननाथ ढुंगानाको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने भएको छ। साथै सरकारले सोमबार सार्वजनिक बिदा दिने समेत निर्णय गरेको छ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद\ बैठकले उनको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने र सोमबार सार्वजनिक बिदा दिने निर्णय हो। सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार शोकमा आज स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने छ।

ढुंगाना लामो समयदेखि कलेजो र मिर्गौला रोगको समस्याबाट पीडित थिए। आइतबार दिउँसो ८३ वर्षको उमेरमा उपचारको क्रममा उनको निधन भएको थियो। उनको पार्थिव शरीर सोमबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि सानो गौचरनमा राख्ने परिवारले जनाएको छ। 

अन्त्येष्टिअघि सानो गौचरनमा बिहान साढे ११ बजे हुने श्रद्धाञ्जलीसभामा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनेछन्।

कानूनविद् ढुंगाना २०४८ देखि २०५१ सम्म प्रतिनिधिसभाको सभामुख रहेका थिए। 

उनका श्रीमती, दुई छोरा र एक छोरी छन्।

Jantedhunga
प्रतिक्रिया