काठमाडौको कमल पोखरीमा ग्यास सिलिन्डर विष्फोट :१४ जना घाइते

Jantedhunga

काठमाडौ ।काठमाडौंको कमलपोखरीस्थित एक म:म पसलमा ग्यास सिलिन्डर विष्फोट भएको छ। 

आज बिहान पौने ९ बजेको समयमा  विष्फोट हुँदा १४ जना घाइते भएका छन् । तीमध्ये ११ जनालाई अस्पताल लगिएको छ भने तीन जना सामान्य छन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता  प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार सानदार म.म पसलमा ग्याँस सिलिण्डर पड्किएको हो। विष्फोट हुँदा सोही पसलका १४ जना कामदार घाइते भएका छन् ।   

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। उदयपुरका २४ वर्षीय संजोग मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुमध्ये पाँच जनालाई कीर्तिपुरको बर्न अस्पतालमा लगिएको छ।

सिलिण्डर विष्फोटपछि घरको सिलिङ भत्किएर खसेको छ। 

Jantedhunga
प्रतिक्रिया