यस वर्षको टीकाको उत्तम साइत ११बजेर २ मिनेटमा

Jantedhunga

काठमाडौं- यस वर्षको दशै को मुख्य दिन  कार्तिक ७ गते आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई दशैं मनाइँदै छ। नौ दिनसम्म दशैं घरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका  टीकाको दिन देखि पाँच दिनसम्म लगाउने प्रचलन छ।

पूजाकोठा तथा दशैंघरमा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवीपूजा विसर्जन गरी निकालिएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाई आशीर्वाद थापिन्छ। 

टीकाको  दिन परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरूपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि तथ दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिने गरिन्छ।

विजयादशमीका दिन कार्तिक ७ गते  बिहान १० बजेर ३७ मिनेटमा देवी विसर्जन र बिहान ११बजेर०२ मिनेटमा टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ।विजयादशमीका दिन  दिनभर देवीको प्रसाद लगाउने साइत भए पनि दिनभरमध्येमा राम्रो समयको साइत ११ बजेर ०२ मिनेटमा रहेको छ।

अत्यावश्यक परेकाले देवी विसर्जन गरेपछि टीका लगाउन मिल्ने हुनाले  ११-०२ बजेको साइत नै कुर्नुपर्दैन, देवी विसर्जनसम्म पनि कुर्न नसकिने अवस्था छ भने सूर्योदयपछि देवी विसर्जन गरेर टीका लगाउन मिल्ने धर्मशास्त्रका ज्ञाताहरु बताउछन् ।

Jantedhunga
प्रतिक्रिया