लामिछानेसहितको मुद्दामा बेरितको आदेश बदर गर्न माग गर्दै उच्च अदालत जाने तयारी

Jantedhunga

पोखरा । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा रवि लामिछानेसहित सातै जनालाई धरौटीमा छाड्ने बेरितको आदेश बदर गर्न माग गर्दै जिल्ला सरकारी वकिलको कार्यालय उच्च अदालत जाने भएको छ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार रविसहित सात जना प्रतिवादीलाई धरौटीमा छाड्ने आदेश दिएको थियो। जोकोही भए पनि तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा आरोपित लाई मुद्दा  पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने हुन्छ ।               रवि सहित सातै जना आरोपितलाई मुद्दा पुर्पक्षका लागी थुनामा राख्नुपर्ने मागदाबी सहित सरकारी वकिल कार्यालयको तर्फबाट उच्च अदालत जाने तयारी भइरहेको जानकारी दिइएको छ।

Jantedhunga
प्रतिक्रिया