बराहापोखरीका ८ बर्ष देखि फरार अभियुक्त पक्राउ

Jantedhunga

दिक्तेल।खोटाङको बराहापोखरी गाउँपालिका वडा नं.३ साउनेचौर बस्ने बर्ष ४८ का फरार प्रतिबादी कर्ण बहादुर खड्का पक्राउ परी कैद भुक्तानीको लागि कारागार चलान भएका छ्न।

प्रतिबादी खड्कालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जाहेरीमा झुटा एवं  नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र प्रेश गरि भ्रष्टाचार गरेको मुद्दामा बिशेश  अदालतको मिति २०७२ पौष  २७ गतेको फैसला अनुसार ६ महिना कैद र रु. १०,०००।- जरिवाना  ठहर भएको  थियो।

हालसम्म फरार खड्कालाई  इलाका प्रहरी कार्यालय चिसापानी खोटाङबाट खटिएको टोलीले उदयपुर जिल्ला  त्रियुगा नगरपालिका वडा नं.११ मा लुकिछिपी बसेको  अबश्यामा पक्राउ गरि मिति २०८०मंसिर १ गते  जिल्ला अदालतमा पेश गरिएको र आजै कैद भुक्तानीको लागि जिल्ला कारागार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ।


Jantedhunga
प्रतिक्रिया