गृहमन्त्री लेखकले राजिनामा दिनुपर्छ - उपाध्यक्ष ज्वाला

Jantedhunga

नेकपा (एकीकृत समाजवादी) का  उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य प्रकाश ज्वालाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् । 

नेपालगञ्जमा पत्रकारहरूसँगको कुराकानीमा पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका ज्वालाले हालको भ्रष्टाचार, कालोबजारी र प्रशासनिक बेतिथीमाथि कडा आलोचना गर्दै छानबिनलाई सहज बनाउने हो भने गृहमन्त्री स्वयम्‌ले राजीनामा दिनुपर्ने बताए । उनले  ुभ्रष्टाचारको जड संरक्षण गरेर बढावा दिइएको छ। जसले जिम्मेवारी लिएका छन्, उनीहरूले नै बाटो छेकिरहेका छन्।ु

उनले २०४६ सालदेखि अहिलेसम्म राज्यका उच्च पदमा रहेर लाभ लिने सबै विशिष्ट व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्नेमा जोड दिँदै  जनप्रतिनिधिहरूको सेवा–सुविधा समेत ५० प्रतिशतले घटाउनुपर्ने, कालो धनलाई निश्चित समयसीमाभित्र वैधानिक बनाउँदै विकास क्षेत्रमा प्रयोग गर्नुपर्ने धारणा राखे ।

उनले भ्रष्टाचार नियन्त्रण, सुशासनको स्थापना र जनविश्वास पुनःस्थापना गर्न सशक्त राजनीतिक इच्छाशक्ति आवश्यक रहेको भन्दै देश बिकास गर्न कालोधनलाई सेतो बनाउन निश्चित समय तोकेर ५ सय र १ हजारको नोटलाई यथास्थितिमा राखेर सानो नोट छपाइ धेरै गर्ने त्यसैले कुराले चिउरा भिज्दैन काम गरेर सरकारले देखाउन अनुरोध गरे

Jantedhunga
प्रतिक्रिया