सप्तकोसी ब्यारेजका सबै ढोका खोलिए, तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

Jantedhunga

विराटनगर ।  निरन्तर वर्षा भएसँगै सप्तकोसी नदीको जलसतह बढेसँगै  ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ ।

आज बिहान ७ बजे ३ लाख ८१ हजार ८ सय ४० क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको थियो भने ८ बजे  ४ लाख १८ हजार २ सय ८५ क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको सुनसरी जिल्ला प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले जानकारी दिए । 

नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको छ । पानीको सतह निरन्तर बढेपछि कोसी ब्यारेजमा जोखिमको सङ्केत देखिन थालेको सुनसरी जिल्ला प्रमुख अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।  

सप्तकोसी जलमापन केन्द्रले जलसतह जोखिम बिन्दुभन्दा माथि पुगेको बताएको छ । नदीको भेल उदयपुर र सुनसरीका केही क्षेत्रमा पस्ने जोखिम बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख अधिकारी तिवारीले आग्रह गरेका छन् ।

Jantedhunga
प्रतिक्रिया