चिसापानी(खोटाङ )। आज श्रावण शुक्ल पञ्चमी हिन्दु धर्मावलम्बीहरुले नागको बिशेश पुजा अर्चना सहित नागपञ्चमी पर्व मनाउदै छन् । यस पर्वको अवसरमा खोटाङ जिल्लाको दक्षिणी क्षेत्र जन्तेढुंगा गाउँ पालिका ५ नम्बर वडामा अवस्थित नागढुंगामा शास्त्रीय बिधि र परम्परागत मान्यता अनुसार बिशेश पुजा अर्चना गरि मनाउने गरिन्छ। यहाँ प्रत्येक वर्षको नाग पन्चमीको दिन ध्वाजा र लिङ्गो गाडेर शुद्ध गाईको दुध, भुटेको धान र अक्षता लगायत पुजा सामाग्रीले विषेश पूजा अर्चना गर्ने प्रचलन रहेको छ।
यहाँ अवस्थित ढुंङामा विभिन्न किसिमका नागको आकृति रहेकोले यस स्थानलाई नागढुंङा भनेर चिनिन्छ। यस स्थानको उत्पत्तिको विषयमा भने कसैलाई कुनै जानकारी छैन।
यहाँ अवस्थित ठुलो ढुंगा (शिला)को उत्तर पट्टिको भागमा एउटा नागको पुरै आकृति रहेको देख्न सकिन्छ भने पश्चिम तिरको भागमा निकै आकर्षक किसिमका धेरै वटा र बेरिएर रहेका थुप्रै नागका आकृतिहरु रहेका छन् ।
शिर पट्टि रहेको दक्षिणी भाग भने बारीको काँल्लो रहेकोले पूरै जमिनमुनि नै रहेको छ भने पूर्वी भाग पनि प्रायः जमिनमुनि नै रहेको छ । स्थानीय वृद्ध हेम बहादुर बस्नेतका अनुसार दक्षिणी शिरको भागमा धेरै पछिसम्म पनि पानी उम्रीरहने मूल सानो तलाउ (कुवा) रहेको तर मानिसहरूले बढी फोहोरमैला गर्ने गरेपछि त्यसलाई पछि छोपछाप पारी बन्द गरिएको उहाँ बताउनु हुन्छ ।
किंवदन्ती अनुसार त्यहाँ ठूलो नाग शक्ति रहेको र त्यहाँको जमिनमुनि पोखरी रहेको जनविश्वास रहेको छ। तर त्यहाँको शिलाकै छेउ भएर पुस्तौंदेखि पहाडबाट तराई सम्म झर्ने मुल बाटो र हाल मोटर बाटो समेत रहेकोले भौतिक रुपमा बढी फोहोरमैला भएको कारण नागढुंगाको दैबिक शक्ति बाहिर नदेखिएको स्थानीयको भनाइ छ।
खोटाङ जिल्लाको दक्षिणी क्षेत्र र छिमेकी जिल्ला भोजपुरका विभिन्न क्षेत्रका बासिन्दा हरु समेत पहाडबाट तराई झर्ने मुख्य नाकामा अवस्थित र सबैतिर नागढुंगाको नाम बाट परिचित यस ठाउँको संरक्षण सम्बर्द्धन र प्रचारप्रसार गर्न सके यहाको शिलामा अवस्थित नागका आकृति अनि सुन्दर र मनमोहक दृश्यावलोकन गर्न आन्तरिक पर्यटनको आकर्षण बन्ने देखिन्छ। यसतर्फ सम्बन्धित निकायको ध्यान जानू जरुरी देखिन्छ ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो