एमालेको झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा सकियो

Jantedhunga

पाँचथर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले सञ्चालन गरेको झुलाघाट-चिवाभञ्ज्याङ समृद्धका लागि संकल्प यात्रा राजनीति प्रति जनतामा फैलँदै गएको निराशालाई आशामा परिणत गरेको बताएका छन ।

मङ्सिर १४ गते महाकाली नदीको किनार झुलाघाटबाट सुरु भएको यात्रा आइतबार दिउँसो पाँचथरको चिवाभञ्ज्याङमा नेपालको झण्डोत्तोलन गरेर समापन गर्दै ओलीले नेकपा एमालेले सञ्चालन गरेको यो अभियानले अन्य पार्टीमा समेत प्रभाव पारेको बताए ।

ओलीले अभियानको क्रममा मध्यपहाडको विशेषता, परिचय, समस्या र सम्भावना बुझ्ने मौका पाएको भन्दै  वैचारिक र सूचनाका हिसाबले पार्टीलाई थप मजबुत बनाउन सहयोग पुगेको बताए।

मध्यपहाड विकासको योजना बनाउन यसले ठुलो सहयोग पुग्ने र  यात्राले देश विकासको खाका बनाउने आधार तयार गरेको  दाबी गगरे । ‘संकल्प यात्राले देश विकास र समृद्धिको दिशामा अघि बढाउन असाधारण भूमिका खेलेको छ’, ओलीको भनाइ थियो।

ओलीले देशको राजनीति अहिले अन्यौलता तर्फ उन्मुख भएको भन्दै, गठबन्धन सरकारको कारण देशको अवस्था ओरालो लागेको बताए। ‘देशको राजनीति अलमलमा छ, देशको समय, जनताको आयु, पिँढीको समय खेर गएको छ’,ओलीको कथन थियो।

उनले देशका सामु अहिले धेरै चुनौती रहेको बताउँदै  एमालेले मात्र चुनौतीको सामना गर्न सक्छ भन्ने दृष्टान्त यात्राले दिएको दाबी गरे । ‘संकल्प यात्राले अवाञ्छित चिन्तन र विचारलाई हतोत्साहित गरेको छ, देश र जनताको हितलाई सर्वोपरि ठान्ने आमजनताको मनोबल उच्च बनाएको छ’ भन्दै यात्राको समापन भएको घोषणा गरेका थिए।

Jantedhunga
प्रतिक्रिया