जन्तेढुंगा संवाददाता
काठमाडौं । जिल्ला प्रहरी कार्यालय बागलुङले बहुविवाहका फरार प्रतिवादीलाई १० वर्षपछि पक्राउ गरेको छ । बहुविवाह मुद्दाका दोषी बागलुङको बरेङ गाउँपालिका–३ बस्ने ३३ वर्षीय राज बहादुर सार्कीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
सार्कीलाई बागलुङ जिल्ला अदालतबाट २०७० माघ २७ मा बहुविवाह मुद्दामा एक वर्ष ६ महिना कैद र रु १० हजार जरिवानाको सजाय सुनाएको थियो ।
जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरी टोलीले सार्कीलाई बागलुङ बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले बताए । उनले सार्कीलाई लगत कट्टाको लागि बुधबार नै बागलुङ जिल्ला अदालतमा पठाइएको बताए ।
Jantedhunga
thursday 17 aug 2023
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो