गत १० गतेदेखिको अबिरलको बर्षातका कारण देशका विभिन्न भागमा बाढी, पहिरो, डुवानका कारण देशमा ठुलो बिपत्ति आइपरेको छ। हालसम्म देशको विभिन्न भागमा १०० जनाले ज्यान गुमाइसकेका छन् भने ६० भन्दा धेरै नागरिक बेपत्ता र सयौंको संख्यामा घरबार बहिन भएका छन्। यसैगरी हजारौँ नागरिकहरु घरबार बिहिन भएका छ्न्। यतिबेला मुख्य राजमार्गहरु अबरुद्ध छन्, दर्जनौ देशका गौरव आयोजना र हजारौं बिकाशका पुर्वाधारका संरचनाहरु क्षतिग्रस्त छन्।
ठूलो धन, जनको क्षतीले देशमा अपुरणीय क्षती भएको छ। एकप्रकारले मुलुकमा ठूलो संकट उत्पन्न भएको छ। यस संकटको घडिमा स्थानीय सरकार, प्रदेश सरकार र संघिय तिनै तहका सरकारहरुको समन्वय आवश्यक छ। तिनै तहका सरकारको सामर्थ्य र प्रयासबाट तत्काल राहत, उद्दार र पुर्न निर्माणको काम शुरु गर्न र संकटको सामना गर्न हरप्रकारले तिनै तहका सरकारहरु तत्पर रहनु पर्ने देखिन्छ।
यसै सन्दर्भमा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले मुलकमा संकट उत्पन्न भएको भन्दै शनिबार एक फेसबुक स्टाटस मार्फत राजकीय भ्रमणमा अमेरिका रहेका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रमण छोट्याएर स्वदेश फर्कन आग्रह गरेका छ्न्।
राईले लेखेका छन् " यतिबेला हाम्रो अभिभाबक तथा यो मुलुकको प्रधानमन्त्री राजकिय भ्रमणको शिलसिलामा संसारको शक्ति सालि मुलुक अ्मेरिकामा हुनुहुन्छ । देशमा यहिबेला प्राकृतिक बिपत आईपरेको छ । यो बिपतको कारण धेरै ठुलो जनधनको क्षति हुनपुगेको छ ।प्रमुख सबै राजमार्ग अबरोध छ ।बाढि, पहिरो र डुबानले धेरै नै ठुलो भौतिक क्षेति हुन पुगेकोको छ । देशै भरि नागरिकहरु बिचल्नि परेको छ। यो दुखत घडिमा हजुर भ्रमणमा रहिरहन त्यति सान्दर्भिक देखिन्न अब छिटो भदा छिटो हजुरले आफ्नो भ्रमण छोट्याएर देश फर्कि उद्दार तथा पुर्न निर्माण कार्यमा लाग्न र निर्देशन दिन आबश्यक ठानेका छौं । त्यहि भएर म फेरि पनि हार्दिक अनुरोध गर्न चाहान्छु । छिटो भन्दा छिटो देश फर्किएर नागरिकहरुको घाउमा मलमपट्टि गर्नुहुन अनुरोध गर्दछु। भन्दै अध्यक्ष राईले प्रधानमन्त्रीलाई अनुरोध गरेका हुन् ।
अध्यक्ष राईले देशले खेपिरहेको संकटमा दिप्रुङ चुइचुम्मा पनि अछुतो नरहेको बताएका छन्। गाउँपालिका भित्र मुख्य तथा शाखा सडक, बिध्यालय, नागरिकका घर कोठ र चौपायाहरु लगाएतको क्षती भएको र गाउँपालिकाले तत्काल राहत तथा सहायत उपलब्ध गराउने साथै अबरुद्ध प्रमुख सडकहरु खुलाउन काम शुरु गरिसकिएको र आवश्यक निर्देशन दिइसकेको बताए।
निरन्तरको बर्षातले देशमा ठूलो धनजनको क्षती भएको र सगरमाथा राजमार्ग अन्तरगतको फोक्सिङटार मोटेरेबल पुल सुनकोशीमा आएको बाढिले बगाएपछी आफ्नो जिल्ला खोटाङले फेरि प्राकृतिक नाकाको सामाना गर्नु परेको भन्दै दुख ब्यक्त गरे। यसैगरी यस दुखद घडिमा ज्यान गुमाउनु हुने सबै प्रती भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना सहित घाइतेहरुको उपचार, बेपत्ता नागरिकहरुको खोजी, मृतक तथा घरबार बिहिनहरुलाई राहत, उद्दार र पुर्न निर्माणमा एक जुट भई लाग्न सम्बन्धित सबैलाई आह्वान गरे।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो