पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका वडा नं. ३ का २० वर्षका विशाल दिसवा थारु रहेका छन् ।
वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको टोलीले पोखरा ३० पावरहाउस चोकमा सवारी चेकजाँचका क्रममा थारुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
थारुको साथबाट एक सय ७७ थान नाइट्राभाट नामक लागूऔषध बरामद गरिएको छ ।पक्राउ परेका थारु विरुद्ध लागूऔषध मुद्धामा अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
Jantedhunga
sunday 26 nov 2023
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो