पाल्पामा जिप दुर्घटना ६जनाको मृत्यु

Jantedhunga

जन्तेढुङा सम्बाददाता,पाल्पा । पाल्पाको रानी महल  दरबार नजिक बैकुण्ठे भीरबाट खोलामा जिप खस्दा ६ जनाको ज्यान गएको छ भने चालक घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

 तीन महिला, दुई बालक र एक पुरुषले ज्यान गुमाएका छन। गम्भीर घाइते रहेका नवलपुर घर भएका जिप चालकको उपचार भइरहेको छ । घटनास्थलमा अस्थाई प्रहरी चौकी रानीघाट र जिल्लाबाट गएको जनपथ प्रहरी, सशस्त्र र नेपाली सेनाको टोली उद्धारमा खटिएको छ ।

Jantedhunga
प्रतिक्रिया