काठमाडौं । भोटेकोसीमा आएको भीषण बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म ९०३ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणले सोमबार बिहान ९ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार बाढीपछि अझै ४ हजार २४७ जना सम्पर्कविहीन रहेका छन्। उद्धार गरिएका व्यक्तिको संख्या १० हजार ४५१ पुगेको छ।
बाढी प्रभावित विभिन्न क्षेत्रबाट फेला परेका तर पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएको प्राधिकरणले जनाएको छ।
त्यस्तै, विपद्मा परी २६७ जना घाइते भएका छन्। तीमध्ये १५६ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।
बेपत्ता व्यक्तिको खोजी, शव पहिचान तथा उद्धार कार्यलाई निरन्तरता दिइएको प्राधिकरणले जनाएको छ। बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत व्यवस्थापनका लागि सुरक्षा निकायसहित विभिन्न सरकारी तथा गैरसरकारी टोली परिचालन भइरहेका छन्।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो