काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि गणतन्त्र कोरियाका राजदूत एच.ई. पार्क तेयङले बिदाइ भेट गर्नुभएको छ।
राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार भएको भेटमा नेपाल र गणतन्त्र कोरियाबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा साझा चासोका विविध विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपालमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूत पार्क तेयङलाई बधाई दिँदै उहाँको भावी कार्यजीवनको सफलताको शुभकामना व्यक्त गर्नुभयो।
नेपाल र गणतन्त्र कोरियाबीच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ। दुवै देशबीच विकास, लगानी, रोजगारी, शिक्षा तथा सांस्कृतिक आदानप्रदानलगायत विभिन्न क्षेत्रमा सहकार्य हुँदै आएको छ।
Jantedhunga
thursday 06 aug 2026
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो