जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्लामा अपराध नियंनत्रण गर्न नागरिक सँग शुमधुर सम्बन्ध सुधार गर्दै अगाडी बढिरहेको र यसलाई अझै प्रगाढ रुपमा अगाडी बढाउने योजना बनाएको छ ।
कार्यालयको कार्य संपादन बारे जानकारी दिन आयोजित पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रभु ढकालले सो कुरा बताएका हुन् । सम्पादन र प्राप्त उपलब्धि बारे जानकारी गराएका थिए ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेसहित सुरक्षा निकायका प्रमुख लगायतको उपस्थितीका बीच एसपी ढकालले कार्य सम्पादन र प्राप्त उपलब्धि बारे जानकारि गराएका थिए सो क्रममा एसपी ढकालले नागरिक र प्रहरीबीच को मैत्रीपुर्ण सम्बन्धले जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा ठूलो सघाव पुगेको बताए । जसलाई कार्यालयले धेरै राम्रो महत्वपूर्ण उपलब्धि ठानेकाे उनले बताए।
कार्यक्रममा उनले प्रहरी आचरणमा आएको सुधार सँगै जनमैत्री सेवा प्रवाहले नागरिक प्रहरी सेवा प्रति विश्वास जगाएको बताए । कार्यक्रममा सुनसरी प्रहरी कार्य मुल्कयांकनमा प्रदेश कै अबल साबित हुनुमा समेत सबैको साथ र सहयोग रहेको एसपी ढकालले बताए ।
उनले प्रहरी सेवालाई थप परिस्कृत र विश्वासनिय बनाउदै लैजाने प्रतिबद्धता जनाउदै नागरिक स्तरबाट समेत पुर्ण र निरन्तर साथकाे अपेक्षाा रहेको बताए ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो