तुलसीपुर : दाङमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। शुक्रवार दाङको घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख १३८२ नम्बरको बस अनियन्त्रित भई तुलसीपुर–१८ डाडागाउँमा दुर्घटना हुँदा २२ जना घाइते भएको दाङका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिएका छन्।
घाइते हुनेमा तुलसीपुर–१८ का १८ वर्षीय चलमान बुढामगर‚ ३२ वर्षीय इन्द्रा थापा‚ ६३ वर्षीय नरबहादुर नेपाली‚ ५९ वर्षीया रमा परियार‚ ३६ वर्षीया नन्दकली वली‚ २९ वर्षीया आकृति पुन मगर छन्।
यसैगरी तुलसीपुर–१७ का १७ वर्षीया आँचल शर्मा, ३६ वर्षीय राधा केसी‚ ७९ वर्षीय दुर्गाबहादुर केसी, ७८ वर्षीया नमा केसी र ४६ वर्षीय नरबहादुर नेपाली रहेका छन्।
घोराही– ५ का ५२ वर्षीय तिलविक्रम गिरी, घोराही– १७ का ४० वर्षीय गङ्गाराम पोख्रेल‚ घोराही– १५ का ५४ वर्षीय डबलबहादुर डाँगी‚ घोराही–११ का २५ वर्षीय माधव डाँगी र ६० वर्षीय रुद्रबहादुर कामी छन्।
शान्तिनगर गाउँपालिका–६ का २४ वर्षीय नवीन वली‚ सल्यान शारदा नगरपालिका-१० का ३६ वर्षीय ढाकाराम कुँवर, बुटवल उपमहानगर–११ का २६ वर्षीय नवीन पराजुली, भारतीय नागरिक ३९ वर्षीय कल्याण जगम रहेका छन्।
बसका सहचालक २२ वर्षीय सागर नेपाली पनि घाइते रहेको प्रहरीले पुष्टि गरेको छ।
केही घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। बसका चालक घोराही–१० बस्ने २८ वर्षीय मनोज चौधरी फरार रहेका छन्। प्रहरीले चालकको खोजी गरिरहेको र घटनाबारे अनुसन्धान गरिरहेको जानकारी दिएको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो