चाड पर्वको मुखमा महत्वपूर्ण काम छोडेर प्रमुख प्रशासकीय अधिकृत बेपत्ता

Jantedhunga

खोटाङ । खोटाङ जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी दशैँको मुखमा महत्त्वपूर्ण काम र  निकाशा रोकेर बिना जानकारी कार्यालयको सम्पर्क बाहिर गएका छन। रेग्मी यहि २०८०"भाद्र २९ गते गाउँपालिकामा हाजिर भएका हुन।

हाजिर भएकै मिति देखि अस्वभाविक व्यबहार देखाई रहेका रेग्मी विभिन्न योजना, कर्मचारीहरुको तलब, सेवा, सुविधा र आकस्मिक खर्चको बिल, भरपाई लगाएत काम सम्पन्न भई आबश्यक कागजात पूरा भएका तथा चेक जारी गर्न लेखा प्रमुखले हस्ताक्षर समेत गरिसकेका चेक तथा फायलहरु अलपत्र पारेर असोज २९ गते बिहान ४ बजे तिर आफू बसेको क्वाटरबाट बिना सुचना सम्पर्क बिहिन भएका हुन।  क्वाटरमा संगै बसेका लेखा प्रमुख राजु पोखरेल र स्वास्थ्य संयोजक मुस्ताक अहमद मन्सुरीलाई समेत जानकारी नगराई क्वाटरबाट बाहिरीएको बुझिएको छ। आफुहरु क्वाटरमा राती अबेरसम्म संगै बसेको भए पनि प्रमुख प्रशासकीय अधिकृतबारे आफुहरुलाई केही थाहा नभएको लेखा प्रमुख पोखरेल र स्वास्थ्य संयोजक मन्सुरीले बताएका छन।

कार्यकारी अधिकृत बिना सुचना बेपत्ता हुदा भुक्तानीका लागि तयार भएका चेक हरुमा हस्ताक्षर नहुदा करार कर्मचारी  यमनलाल श्रेष्ठको नाममा करार अबकाश सुबिधा बापत  २०८०/०४/१९ को निर्णय अनुसार उपदान  पाउने रु. ५१,५७५।-, वडाध्यक्ष भुपेन्द्र बस्नेतको नाममा इलाममा संचालित न्यायिक समितिको तालिममा सहभागी भ्रमण खर्च रु.९०००।-, प्रहरी हवल्दार बिराटनगर गएको भ्रमण खर्च रु. ७०००।-, बिजया दशमीमा मौलो पुजा गर्ने हवल्दार राईको नाममा पेश्की रु.२०,०००।-, पुर्व प्रमुख प्रशासकिय अधिकृत लोकेन्द्र बहादुर राईको नाममा कर्मचारीहरुको कार्यसम्पादन मुल्यांकन गर्दा मुल्यांकन समितिको बैठक भत्ता रु.२३,४६०।- भुक्तानी रोकिएको छ।त्यसैगरी सम्पूर्ण  प्रक्रिया पूरा गरेर शिक्षा शाखाले पेश गरेको रास्ट्रीय शिक्षा दिवश २०८० को पुरस्कार बितरण रु. १,२०,५००।-, शिक्षक कर्मचारी टिसर्ट खरिद रु. ३,१६,४००।-, खाना, खाजा, पाहुना सत्कार रु.१,६०,८२७।-, मंच ब्यबस्थापन रु.१७,०००।-, ब्याज, ब्यानर अन्य सामग्री रु.६६,१८०।-, साउण्ड सिस्टम ब्यबस्थापन रु.१७,५००।- गरि जम्मा रु. ६,९८,४१७।- खर्च भइ निकाश भुक्तानी बांकी छ। एम्बुलेन्स मर्मत संभार रु.७१,३७४।- लक्ष्मी इन्टर पाइजेज गाइघाट, गाडी मर्मत राउत ट्रेडस प्रा.लि.काठमाण्डौ रु.१,३८,०००।-, हेब्बी चालक JCB टायर खरिद, ढुवानी जित बहादुर मगर ९२,७३६।-, गाउँपालिका कानुनी सल्लाहकार तथा अधिबक्ता ओम प्रकाश घिमिरे लिखित जवाफ मस्यौदा र गाउँपालिक प्रतिनिधि भइ अदालतमा तारिख बापत रु.९९,०००।-, सुचना मुलक सन्देश, जनहितमा जारी सुचना लगाएत विभिन्न सामाग्री प्रकााान/  प्रसारण बापत  हलेसी सामुदायिक रु. ६६,०००।-, इन्फोक्स राजन ठटाल रु. ३०,०००।-, अनलाइन आवाज दिवश रिजाल रु.३०,०००।, रुपाकोट राजकुमार रु. २०,०००।-, प्रभाव न्युज उत्तम चौलागाईं ६०,०००।-, पिस नेपाल सुर्य तामाङ रु.१,१३,०००।-, नव संवाद कृष्ण आचार्य रु.१९,०००।-, समायोजन खबर चिसाङ सेर्पा रु. ४०,०००।-, हलेसी न्युज केदार मगर रु.३०,०००।-, विरासत खबर सन्तोष पौडेल रु. ४०,०००।-, हलेसी साप्ताहिक हरिबोल आचार्य रु.१,००,०००।-, खोटाङ टुडे दिलिप खत्री रु.२०,०००।-खोटाङ साप्ताहिक रविना रु.३०,०००।, र खोटाङ टुडे कृष्णकला राई रु.१२,०००।-, सेम्तुम्मा मिडिया संजिव राई रु.४५,०००।- भुक्तानी को लागि जारी चेकमा प्रमुख कार्यकारी अधिकृतको हस्ताक्षर नहुदा भुक्तानी रोकिएको छ।


साथै बर्षाको समयमा साउन देखि सडक मर्मत, संभार JCB एक, स्काभेटर , ट्याक्टर दुई, टिफर २ को भाडा खर्च रु. १३,००,०००।-, तावाखोला, धिप्लुङ, टेम्मा, याम्खा, डाँडागाउँ सिचाई आयोजनाको प्रथम रनिङ बिल रु. २४,६९,५८२।- को समेत निकाशा भुक्तानी बाँकी थियो।

नेपालीहरुको महान चाड वडा दशैँ, तिहार, छट जस्ता चाडपर्वहरुको पुर्व सन्ध्याको आर्थिक रुपमा संबेदनसिल समयमा श्रमिक मजदुरहरुको जनजिविकासंग प्रत्यक्ष सरोकार राख्ने विभिन्न कार्यक्रम तथा भुक्तानीहरुसंग सम्बन्धित बिल, भरपाइ लगाएतसंग सम्बन्धित कुनै पनि चेक जारी नगरी तथा आर्थिक कारोबारलाई थाती राख्दै गैरजिम्मेवार तरिकाले कार्यालयबाट बेपत्ता भएको हुदा निजको सुरक्षा जोखिमलाई समेत मध्यनजर गर्दै खोजी कार्य गरिएको परिप्रेक्ष्यमा सामाजिक संजाल फेसबुकमा केही ब्यक्तिद्दारा पुर्वग्राहिपुर्ण, गलत मनसायले कपोकल्पित, मनोमानी, स्वइच्चार र भ्रमपुर्ण ढंगबाट सो घटनाको दुस्प्रचार भएकोमा गम्भीर ध्यानाकर्षण भएको छ भन्दै सामाजिक संजालमा सिङ्गो गाउँपालिकाको मान मर्दन हुने गरि आएको भ्रमपुर्ण, प्रमाण बिनाका दुस्प्रचार नगर्न र त्यस्तो कपोकल्पित निज ब्यक्तिहरुको अफवाहबाट आफ्नो धारण नवनाउन दिप्रुङ चुइचुम्माबासी लगाएत सम्बन्धित सबैमा अनुरोध गर्दै गाउँपालिकाले  बिज्ञप्ति निकालेको छ।

भुक्तानी तथा निकाशाको समयमा बिना जानकारी फोन अफ गरेर  प्रमुख प्रशासकिय अधिकृत बेपत्ता भएपछी जिल्ला प्रशासन कार्यालय र सम्बन्धित मन्त्रालयमा जानकारी गराइएको र दिनभर खोजी गरिरहदा साँझपख सम्पर्कमा आई बुवा बिरामी भएको  भनी नक्कली बहाना गर्दै कागजात र चेक हस्ताक्षरको लागि बिराटनगर पठाइ दिनु भनेपछी आफुले मन्त्रालय जान्छु बरु कार्यालयको काम अनेत्र पठाउदिन भनी जवाफ पर्काएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले जानकारी दिएका छन । यस्तो गैरजिम्मेवार कर्मचारीहरुले जनतालाई सेवा दिन नसक्ने भन्दै सामाजिक संजालमा पुर्वाग्रह साधेंर केही ब्यक्तिहरुले भ्रम सिर्जना गर्ने दुस्साहस गरेको प्रती आफ्नो ध्यानाकर्षण भएको र यस्ता अफवाह नफैलाउन समन्धित पक्ष लाई सचेत गराउदै यस्ता भ्रमको पछि नलाग्न अध्यक्ष राइले सबैमा अनुरोध गर्दै  लान्छना लाउनेहरुलाई आधार र प्रमाण सहित पुष्टि गर्न अध्यक्ष राईले चुनौती दिएका छन।  साथै जो कोहि भ्रममा भए गाउँ पालिकामा आएर यथार्थ जानकारी लिनसक्ने बताइएको छ।





Jantedhunga
प्रतिक्रिया