चलचित्र पत्रकार संघको अध्यक्षमा समिर बलामी पुनः निर्वाचित

Jantedhunga

डिल कुमारि नेपाल ,काठमाडौ , वैशाख ६ ,।            चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा  निवर्तमान अध्यक्ष समिर बलामी पुनः विजयी भएका छन्  ।                                                                                       शनिबार सम्पन्न संघकाे निर्वाचनमा अध्यक्षमा बलामी फराकिलो  मतान्तरले विजयी भएका हुन् । बलामीले खसेको कुल १४० मत मध्ये ९५ मत प्राप्त गरेका थिए भने  उनका प्रतिस्पर्धी जीवन पराजुलीले ४२ मत प्राप्त गरेका थिए । बलामी निवर्तमान अध्यक्ष र  पराजुली उपाध्यक्ष थिए। बलामी फिल्मीफण्डाको सञ्चालक/सम्पादक हुन भने पराजुली ठूलोपर्दाको सञ्चालक/ सम्पादक समेत हुन् ।

उपाध्यक्षमा कुमार आचार्य निर्विरोध चयन भएका थिए भने अन्य उपाध्यक्ष (संगठन)मा रघुनाथ सापकोटा, (महिला) दिपज्योति थापा, महासचिवमा गोपीकृष्ण चापागाई, सचीव मदन रिजाल, निर्वाचित भए भने सचिव (समावेशी)मा महम्मद जालिम निर्विरोध निर्वाचित भएका हुन । त्यस्तै कोषाध्यक्षमा मनिष अन्जान ,सह–कोषाध्यक्षमा अर्जुन गुरागाईं र सदस्यहरूमा सोजना विक लोहार, दिनेश थापा, नविन चापागाई, रतन बहादुर चन्द, युवर्ण पौडेल, सुशील नेपाल ,दिपराज क्षेत्री, सालिकराम न्यौपाने विजयी भएका छन्।

Jantedhunga
प्रतिक्रिया