मन्त्रीले गरे, दिप्रुङ चुइचुम्मामा रनिङ शिल्ड प्रतियोगिता उद्घाटन ।

Jantedhunga

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा आज गाउँपालिका स्तरीय रनिङ शिल्ड प्रतियोगिता उद्घाटन भएको छ।

गाउँपालिकाले आयोजना गरेको फागुन ६, ७ र ८ गते संचालन हुने रनिङ शिल्ड प्रतियोगता गाउँपालिकाको अध्यक्ष लोकेन्द्र राई ज्यूको अध्यक्ष र कोशी प्रदेस जलस्रोत, सिचाँई तथा उर्जामन्त्री श्री तोलोचन (चिन्तक) पाठकको प्रमुख आथित्यमा उद्घाटन भएको हो। 

भब्य समारोहमा उद्द्घाटन भएको उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष अरुणा थापा मगर, ७ वटै वडाध्यक्षहरु, स्थानीय राजनितिक दलका प्रतिनिधिहरु, समाजसेवी तथा बुद्दिजिवी, अभिभावकहरु, ४५ बिध्यालयका शिक्षक बिध्यार्थीलगाएत बाक्लो उपस्थिती रहेको थियो। 

३ दिनसम्म ३० वटा इभेन्टमा संचालन रनिङ शिल्ड प्रतियोगिताको पहिलो दिन आज प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रम अन्तरगत विभिन्न बिध्यालयका बिध्यार्थीहरुले तामाङ सेलो, ठाकठोके, साकेला सिलि, संगिनी जस्ता धार्मिक तथा सास्कृतिक नृत्य प्रस्तुत गरेका थिए। 

कार्यक्रममा स्वागत मन्तब्य शिक्षा शाखा संयोजक मणिकुमार गिरीले राख्नु भएको थियो भने समाजसेवी तथा बुद्दिजिविहरुको तर्फबाट गोपालचन्द्र राई, वडाध्यक्षहरुको तर्फबाट वडाध्यक्ष श्री डम्बर बहादुर खड्का, राजनितीक दल प्रतिनिधीको तर्फबाट नेकपा एमालेका पुर्व जिल्ला अध्यक्ष रामप्रसाद दंगाल, गाउँपालिका उपाध्यक्ष श्री अरुणा थापा मगर र प्रमुख अतिथी कोशी प्रदेश खानेपानी, संचाई, जलस्रोत तथा उर्जामन्त्री चिलोचन पाठकले महत्वपूर्ण भनाईसहित शुभकामना मन्तब्य राख्नु भयो।

Jantedhunga
प्रतिक्रिया