काठमाडौ। पुर्व पत्नी बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पुर्व जिल्ला न्यायाधीश भुवन गिरीलाई ७ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवानाको फैसला भएको छ। फैसला संगै आफ्नो पुर्व पति तत्कालीन जिल्ला न्यायाधीश भुवन गिरी बाट पटकपटक बलात्कार भएको भन्दै न्यायको लागी लामो समय सडक संघर्ष र आमरण अनसशन समेत बसेकी पीडित आरती रावल गिरीले न्याय पाएकी छन् । उक्त मुद्दामा गत जेठ १३ गते जिल्ला अदालत काठमाडौ ले आरोपित गिरीलाई दोषी ठहर गरेकोमा आज ७ वर्ष कैद सजाय र ३ लाख रुपैयाँ जरिवाना सहित सजाय निर्धारण भएको छ। तल्लो अदालतबाट समेत न्याय नपाएको भन्दै पीडितले न्यायको लागि सडक संघर्ष गर्दै गर्दा सर्वोच्च अदालतले २०८०माघ २१ गते आरोपित भुवन गिरी लाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।
गिरी थुनामा रहेको अवस्थामा जिल्ला अदालत काठमाडौंको २०८१जेठ १३ फैसलाले आरोपित गिरीलाई दोषी ठहर गरेको थियो।
आज (सोमबार ) बसेको सजाय निर्धारणको पेशीमा काठमाडौ जिल्ला अदालतका न्यायाधीश दुर्गा बहादुर भुसालको इजलासले गिरीलाई सात बर्ष कैद र ३ लाख रूपैयाँ जरिवाना भराउने फैसला सुनाएको हो।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो