स्वास्थ्यकर्मी हरुको क्षमता अभिवृद्धीका लागि तिन दिने आधारभूत तालिम

Jantedhunga

२०८० साल भाद्र १ गते औरबानी गढी गाउँपालीकामा स्वास्थ्यकर्मीहरुको लागि आयोजना गरिएको तीनदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । सेभ द अर्थ सुनसरीद्वारा सञ्चालित विश्वास परियोजनाको आयोजना  गढी गाउँपालीकाको समन्वय र फेयरमेड (FAIRMED) संस्थाको सहयोगमा सम्पुर्ण स्वास्थ्यकर्मीहरुको लागि क्षमता अभिवृद्धिका लागि उपेक्षित उष्ण प्रदेशीय रोगहरु सम्बन्धि तीनदिने आधारभूत तालिम शुक्रबार सम्पन्न भएको हो ।

उष्ण प्रदेशिय रोगहरुको स्क्रिनिङ, पहिचान, उपचार तथा प्रेषण सम्बन्धि क्षमता अभिवृद्धी कार्यक्रम (Basic NTDs package Training) तथा पुनः ताजगी तालिम अन्तर्गत हाल नेपालमा एकीकृत रुपमा उष्णप्रदेशिय रोगको स्क्रीनिंग पहिचान, उपचार रोगको छुट्टा छुट्टै रही आएको छ । यस परियोजनाले नेपालमा पाईने सबै उपेक्षित रोगहरुको एकिकृत पाठ्यक्रम र प्रेषण हरेक तयार पारेर स्वास्थ्यकर्मीहरुको उपेक्षित रोगको पहिचान देखि प्रेषण सम्म गर्न सक्षम बनाउनका लागि आयोजना गरिएको कार्यक्रम उपयोगी साबित भएको आयोजक  सेभ द अर्थ सुनसरी संस्थाको भनाइ छ ।

स्वास्थ्यकर्मीहरुको उपेक्षित रोग सम्बन्धि क्षमता अभिवृद्धी, स्थानिय स्वास्थ्य संस्थाबाट उपेक्षित रोग सम्बन्धि स्वास्थ्य सेवा प्रदान गर्न कार्यक्रम फलदायी भएको सहभागीहरुले बताएका छन् 3 दिनआयोजना गरिएको सो तालिममा स्थानिय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरू र स्थानीय निकायमा काम गर्ने अन्य सम्पूर्ण स्वास्थ्यकर्मीहरु   सहभागिता गराई प्रशिक्षण गरिएको थियो । स्वास्थ्यकर्मीहरुलाई   सहभागी गराई प्रशिक्षकहरू डा. रिजवान अन्सारी, शम्भु प्रसाद शाह , प्रितम कुमार गुप्ता, पुष्प बहादुर भट्टराई, डम्बर सिंह गुरुङ्ग, संजेश श्रेष्ठ, प्रमिला पराजुली, गणेश बहादुर राई ,मनिष सुवेदी, कृष्ण कुमार चौधरी,प्रस्ताव पौडेल, राजेन्द्र प्रसाद यादव, सन्तोष साहु,रमेश कुमार मण्डलले प्रशिक्षण दिएका थिए ।

सो तालिममा 10 प्रकारका रोगहरू   

1.कुष्ठरोग (Hansens Disease /social Disease),

2. हात्तीपाइले रोग (Lymphatic filariasis), 3.माटोबाट सर्ने जुका (Soil-Transmitted Helminthes), 

4.डेंगी (Dengue) र  चिकनगुनिया (Chikunguniya),

 5.रेबिज (Rabies), 

6.सर्पदंश (snakebite Envenoming), 

7.लुतो (Scabies and other Ectopprasite ), 8.कालाजार (Leishmaniasis / kala-azar), 9.फिते जुका (Taeniasis / cystricercosis), 10.खस्रे रोग (Trachoma)

रोग लाग्ने कारण र बच्ने उपाय अपनाउनुपर्ने सावधानी अपनाउनु पर्ने  विषयबारे विस्तृत रूपमा जानकार गराई याे तालिमको आयोजना गरियो सहभागीहरुलाई जानकारी गराइएको थियो ।

सेभ द अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्टराईको अध्यक्षता एवं गढी गाउँपालीका अध्यक्ष आश नारायण चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो तालिममा उपाध्यक्ष अनिता कुमारी साह, निमित्त प्रमुख प्रशासकीय अधिकृत छवि खड्का लगायतको उपस्थिति रहेको थियो ।




Jantedhunga
प्रतिक्रिया