सारथी लघुवित्तले संस्थापक शेयरधनीको शेयर बिक्रीमा, जोकोहीले खरिद गर्न सक्ने

Jantedhunga

जन्तेढुंगा संवाददाता

काठमाडौँ। नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले दुई संस्थापक सेयरधनीको २२ हजार ८३१ कित्ता सेयर आज ९जेठ २३ गते० देखि बिक्रीमा ल्याएको छ। संस्थापक सेयरधनी पूर्णबहादुर खत्रीको नाममा रहेको १२ हजार कित्ता र रेशमराज बिष्टको नाममा रहेको १० हजार ८३१ कित्ता बिक्रीमा ल्याएको हो।

बिक्रीमा राखिएको यो संस्थापक सेयरमा योग्य जोकोही व्यक्ति तथा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्। यसअघि विद्यमान संस्थापक सेयरधनीहरुलाई ३५ दिनको समय दिएर सेयर बिक्रीमा राखिएको थियो। तर, संस्थापक सेयरधनीहरुले कुनै खरिद आवेदन नपरेपछि अन्य व्यक्ति तथा संघसंस्थाहरुलाई बिक्री खुलाइएको हो।

सेयर खरिदका लागि ७ दिनको अवधि दिइएको छ। यो अवधिभित्र इच्छुक लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या र मूल्य खुलाई काभ्रेको धुलिखेलस्थित संस्थाको प्रधान कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ।


Jantedhunga
प्रतिक्रिया