मौसम पूर्वानुमान : देशका अधिकांश भूभागमा मौसम सामान्यतया बदली रहने

Jantedhunga

खोटाङ । देशभर अहिले मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत अवस्थाकै आसपास रहेको छ।

हाल कोशी, मधेस र बागमती प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा आकाशमा बादल लागेको छ। तराईका धेरैजसो भूभागमा भने मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ।

बागमती प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ। यस्तै, कोशी, मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशका अधिकांश भूभागमा मौसम सामान्यतया बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा केही स्थानमा मध्यम वर्षासँगै हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ।

मनसुनी गतिविधिका कारण पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेकाले यात्रा तथा दैनिक कामकाज गर्दा आवश्यक सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

Jantedhunga
प्रतिक्रिया