खोटाङका शिक्षा बिकाश तथा समन्वय इकाई प्रमुख प्रहरी हिरासतमा।

Jantedhunga

खोटाङ । शिक्षा विकास तथा समन्वय इकाई खोटाङका कार्यालय प्रमुख शैलेन्द्र बहादुर थापालाई गएराती जिल्ला प्रहरी कार्यालय खोटाङले नियन्त्रणमा लिएको छ ।

 श्रीमतीको उजुरीका आधारमा दिक्तेलस्थित आफ्नै निवासबाट थापालाई अनुसन्धानको लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो । परिवारमा घरेलु हिंसा गरेकाले पक्राउ गरि आबश्यक कारबाही गरिदिन  थापाको श्रीमतीले उजुरी दिएको र सोही उजुरीको आधारमा प्रहरीले प्रक्राउ गरेको बुझिएको छ। 

आबश्यक अनुसन्धान तथा थापा र पिडित श्रीमतीबीच छलफल गरि आबश्यक निर्णय गरिने प्रहरी स्रोतले बताएको छ।

42Shares
facebook sharing button
twitter sharing button

Jantedhunga
प्रतिक्रिया