भारतको मेघालयमा चारजना नेपालीको घाँटी रेटेर हत्या

Jantedhunga

एजेन्सीः भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर हत्या गरिएको छ।

मेघालयको कोइलाखानीमा मजदुरका रुपमा काम गर्ने चार नेपालीको विभत्स तरिकाले हत्या गरिएको हो। भारतको मेघालय राज्यअन्तर्गत सुतंगा जयन्तिया हिल्समा ती नेपाली कामदारको हात खुट्टा बाँधेर धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

घटनास्थल मेघालयको राजधानी शिलोङबाट १३० किलोमिटर टाढा रहेको बताइएको छ। मारिने नेपालीहरु धरान र भोजपुरका रहेको खुलेतापनि नाम भने सार्वजनिक गरिएको छैन। यसैबीच घटनाबारे भारतीय अधिकारीहरुले दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी गराइसकेको छ।                                                                               हत्या कसले र किन गर्‍यो भन्नेबारे खुलाइएको छैन ।

Jantedhunga
प्रतिक्रिया