नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला समिति खोटाङको अध्यक्षमा लम्साल सर्वसम्मत निर्वाचित।

Jantedhunga

खोटाङको नेपाल राष्ट्रिय  शिक्षक संगठनको १३ औँ जिल्ला अधिवेशनबाट इश्वर लम्साल अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् । 

सदरमुकाम दिक्तेलको शुभम फाउन्डेसनको प्राङ्गणमा फागुन १७ गते खुल्ला सत्र कार्यक्रमको समापन भएपनि अध्यक्ष पदका आंकाक्षिहरुबिच सहमति जुट्न नसक्दा आज १८ गते साँझमा सहमति जुटेपछि सर्वसम्मत नेतृत्व चयन गर्दै बन्द सत्र कार्यक्रमसमेत सम्पन्न भएको हो। 

अधिबेशनको खुल्ला सत्र कार्यक्रममा नेपाल राष्ट्रिय  शिक्षक संगठन जिल्ला समिति खोटाङको अध्यक्ष टंक कटुवालको अध्यक्षता र  नेपाल राष्ट्रिय  शिक्षक संगठनको केन्द्रिय महासचिव हस्तबहादुर शाहीको प्रमुख आथित्यमा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख वक्ताको रुपमा नेकपा एमाले पोलिटब्युरो सदस्य विशाल भट्टराई, नेपाल राष्ट्रिय  शिक्षक संगठन केन्द्रिय समिति सदस्यहरु मनकाजी राई, जनक देवकोटा, कोशी प्रदेश अध्यक्ष महेन्द्र गौत्तम, उपाध्यक्ष कुमार पराजुली, नेकपा एमाले जिल्ला अध्यक्ष देवबिक्रम राई, उपाध्यक्ष कुमार आचार्य, सचिव सुरेन्द्रकुमार राई, पुर्व जिल्ला अध्यक्ष रामप्रसाद दंगाल, नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राई, नेपाल राष्ट्रिय  शिक्षक संगठन कोशी प्रदेस सदस्य केशर राईलगाएतको  विशेष उपस्थिति रहेको थियो।

अधिबेशनले इश्वर लम्सालको अध्यक्षतामा २७ सदस्य जिल्ला समिति  सर्वसम्मत चयन गरेको छ। जसमा उपाध्यक्ष नवीन चाम्लिङ, निर्मला कार्की, सचिव संसारमान राई, कोषाध्यक्ष हरिराम बस्नेत, सह कोषाध्यक्ष चित्रकला भुजेल,  सहसचिव मन्जु अधिकारी चयन भएका छन् ।

Jantedhunga
प्रतिक्रिया