खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितहरुलाई एकमुष्ट १० लाख माथी आर्थिक सहयोग गर्ने जनप्रतिनिधि, प्र.अ. र कर्मचारी हरुको संयुक्त बैठकले निर्णय गरेको छ।
गाउँपालिकाले आज मंसिर ८ गते जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्प पिडितहरुलाई सहयोग सम्बन्धि अन्तरकृया तथा छलफल कार्यक्रमको आयोजना थियो।
कार्यक्रममा गाउँपालिका अन्तर्गतका जनप्रतिनिधि, सामुदायिक बिध्यालयको प्रधानाध्यापक, गाउँपालिका अन्तर्गतका विभिन्न कार्यालयका कार्यालय प्रमुख, वडा सचीव, विभिन्न शाखाको शाखा प्रमुखहरु लगाएतलाई आमन्त्रण गरिएको थियो।
गाउँपालिका अध्यक्ष लोकेन्द्र राईको अध्यक्षतामा भएको उक्त छलफल तथा अन्तरकृया कार्यक्रमले गाउँपालिका अन्तर्गतका जनप्रतिनिधि, शाखा प्रमुख तथा शाखामा कार्यरत कर्मचारी, शिक्षक, कर्मचारी लगाएतहरुबाट जाजरकोट र पश्चिम रुकुमका भुकम्प पिडितहरुलाई आफुले खाइपाई आएको मासिक तलव स्केलको २ देखि ५ दिनसम्म आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। जस अनुसार जनप्रतिनिधि ५ दिन, प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुख ५ दिन, शाखा प्रमुख ३ दिन, वडा सचीव ४ दिन र सामुदायिक बिध्यालयमा कार्यरत सबै शिक्षक, कर्मचारीहरुले २ दिन बराबर र बा.बि.के., कार्यालय सहायक, कार्यालय सहयोगीहरुबाट १ दिनको गरि एकमुष्ट १० लाख पचास हजार आर्थिक सहयोग गर्ने निर्णय भएको निमित्त कार्यकारी अधिकृत पिएस्पी चाम्लिङले जानकारी दिनु भयो।
गत कार्तिक १७ गते गएको बिनाशकारी भुकम्पबाट जाजरकोट र रुकुम पश्चिममा भएको धन,जनको क्षतिले आफू र आफ्नो सिङ्गो दिप्रुङ चुइचुम्मा गाउँपालिका दुखित भएको भन्दै भुकम्प पिडितहरुलाई थोरै भएपनी मलपट्टी गर्न आर्थिक सहयोग गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताउनु भयो। साथै दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट वडा नं. ३ का वडाध्यक्ष भुपेन्द्र बस्नेतको नेतृत्वमा जाजरकोट पुगि भुकम्प पिडितहरुलाई भौतिक सहयोग गरिरहेको समेत जानकारी दिनु भयो ।
कार्तिक १७ गते राती ११.४७ बजे जाजरकोटको रामीडाँडा केन्द्र बिन्दु भएर ६.४ म्याग्निट्युडको भुकम्प जाँदा पश्चिम नेपालको विभिन्न जिल्लाहरुमा ठूलो धनजनको क्षेती भएको थियो। भने जाजरकोटको नलगाड नगरपालिकाकी उमेर सरिता सिँह सहित १५७ जनाको भुकम्पमा परि ज्यान समेत गएको थियो। यस अघि २०७२ बैशाख १२ गते गोर्खाको बारपार्क केन्द्र बिन्दु भएर गएको ७.६ म्याग्निड्युटको विध्वंसकारी भुकम्पले नेपालभर ८ हजार बढिले जान गुमाउनुका साथै नेपालका प्राकृतिक, धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक सम्पदासंगै ठूलो धनजनको क्षती भएको थियो।
Jantedhunga
friday 24 nov 2023
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो