मोरङ र झापाको अलगअलग स्थानबाट खैरो हिरोईन सहित सातजना पक्राउ

Jantedhunga

इटहरी : मोरङ र झापाको विभिन्न स्थानहरूबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित सातजनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले विराटनगर १६ मा चेकजाँचको क्रममा को १९ प ८५९२ नम्बरको मोटरसाइकलमा सवार मोरङ सुन्दरहरैँचा नगरपालिका ५ का २५ वर्षीय अभिषेक चौधरी र सुन्दरहरैँचा ४ का ३० वर्षीय उज्वल सापकोटालाई ३ ग्राम २४ मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो ।

यसैगरी झापाको अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्क बिर्तामोडको प्रहरी टोलीले सिन्धुलीका २८ वर्षीय धनबहादुर बस्नेतलाई ३ ग्राम ५०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

यस्तै, मेचीनगर ६ धाईजनका ३० वर्षीय सोनु तामाङ र २८ वर्षीय सुरेश गुरुङलाई १ ग्राम ८७० मिलिग्राम ब्राउनसुगरसहित इलाका प्रहरी कार्यालय धुलाबारी र लागूऔषध नियन्त्रण ब्यूरो काकँडभिट्टाको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

उता, इलाका प्रहरी कार्यालय कुमरखोद झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा प्र १-०१-०१५ प ७८०८ नम्बरको स्कुटरमा सवार कमल गाँउपालिका १ का २९ वर्षीय मौसम लिम्बू र ३६ वर्षीया शर्मिला राईलाई ५ ग्राम ५३० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो ।

प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका उनीहरूको सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Jantedhunga
प्रतिक्रिया