विराटनगरमा ऐतिहासिक राधाकृष्ण रथयात्राको तयारी पुरा, बिहीबार ३ः३० बजे रथयात्रा सुरु हुने

Jantedhunga

जन्तेढुंगा संवाददाता

बिराटनगर । बिराटनगरमा हरेक बर्ष कृष्णाष्टमीको भोलि पल्ट हुने ऐतिहासिक राधाकृष्ण रथयात्राको तयारी पुरा भएको छ । भोली ३:३० बजे सुरु हुने रथयात्रामा हजारौं भक्तजन सहभागी हुने छन् ।

विराटनगर–१ मा स्थित राधाकृष्ण मन्दिरबाट कृष्ण जन्मअष्टमीको भोलिपल्ट निकालिने  झाकी सहितको रथयात्राले नगर परिक्रमा पछि साँझ राधाकृष्ण मन्दिरमा पुगेर समापन हुनेछ्।

१८ फिट उचाईको राधाकृष्ण रथसँगै हजारौ भक्तजनले करिब आठ किलोमिटर सहरी इलाका पैदल यात्रा हिँड्छन् । रथको डोरी तान्दा मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ । यो वर्षको रथयात्रामा  नेपाल र भारतका सहित  करिब ५ लाख भक्तजन सभागी रहने आयोजकको दाबी छ। बिक्रम संवत १९८८ मा खटयात्राबाट सुरु भएको रथयात्रा ०२४ सालदेखी रथयात्रामा परिणत गरिएको हो । ८ जनाले थालेको खटयात्रा अहिले रथ यात्रामा परिणत हुँदा प्रत्येक वर्ष ४ लाख बढी भक्तजन सहभागी हुने गरेको रथयात्रा समारोह समितिका अध्यक्ष  कैलाश रेग्मीले जन्तेढुङा डट कम लाइ बताए । रथयात्रामा हुने सम्भावित दुर्घटना रोक्न र शान्ति शुरक्षा  कायम गर्न  ठुलो संख्यामा प्रहरी परिचालन गरिएको मोरङ प्रहरीले जनाएको छ्।


Jantedhunga
प्रतिक्रिया