भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न एक भारतीय सहित ११ जना पक्राउ

Jantedhunga

काठमाडौ ।  प्रहरीले चैत १५ गते कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट लुटपाटमा सङ्लग्न नौ जनालाई पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार गएको शुक्रबार राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईको नेतृत्वमा पूर्वराजाका समर्थक समूहसहितको संयुक्त आन्दोलनका क्रममा कोटेश्वरस्ति भाटभटेनी सुपरमार्केटमा तोडफोड गरेपश्चात् लुटपाटमा सङ्लग्न भइ फरार व्यक्तिलाई खोजतलास गरि काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको छ। 

भाटभटेनी सुपरमार्केटबाट ब्ल्याक लेबल मदिरा एक थान, ज्याक ड्यानिल मदिरा एक थानसहित स्थायी घर धनुषा भइ हाल काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ कोटेश्वर बस्ने आशिष सिंह पक्राउ परेका छन्। 

स्थायी घर सर्लाही भइ हाल काठमाडौं कोटेश्वर बस्ने प्रेमकुमार महतो वियरको खाली बोतल चार थानसहित पक्राउ परेका छन्। 

यसैगरी, स्थायी घर भारतको बिहार राज्य पटना हाजिपुर भइ हाल काठमाडौँको कोटेश्वर बस्ने रवि रञ्जनकुमार यार्सागुम्बा ब्राण्डको मदिरा एक थानसहित पक्राउ परेका छन्। स्थायी घर नुवाकोट भइ हाल कोटेश्वर बस्ने सुशीला कुमाल हाफ् पाइन्ट ११ थान र ट्राउजर एक थानसहित पक्राउ परेका छन्।

स्थायी घर धरान भइ हाल काठमाडौँ कोटेश्वर बस्ने एलिसा राई एक थान ट्रे, एक थान क्यारेटसहित, स्थायी घर कोटेश्वरका बालकुमारी कार्की एक थान क्यारेटसहित, स्थायी घर सिन्धुपाल्चोक भइ हाल कोटेश्वर बस्ने निर्मला कार्की फलफूलसहित पक्राउ परेका छन्। 

स्थायी घर सिन्धुली भइ हाल कोटेश्वर बस्ने चित्र माया बस्नेत र सुस्मिता बराल लिपस्टिक ६९ थान, ऐना एक थान, गाजल २१ थान र अन्य सामान १२ थानसहित पक्राउ परेका छन्। 

प्रहरीका अनुसार उनीहरुलाई पक्राउ गरि थप अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त बानेश्वर पठाइएको छ।

Jantedhunga
प्रतिक्रिया