माओवादीको केन्द्रीय कमिटी बैठक आजदेखि

Jantedhunga

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजदेखि बस्दैछ । कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेदेखि केन्द्रीय कमिटी बैठक सुरू हुने प्रवक्ता एवम् उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए ।

बैठकका एजेन्डा बुधबार बसेको स्थायी कमिटी बैठकले तय गरिसकेको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक परिस्थिती र पार्टीको आगामी रणनीतिबारे विभिन्न प्रस्ताव राख्नेछन् ।

ती प्रस्तावहरूबारे समूहगत छलफल हुनेछ । समूहको छलफलबाट निस्किएको निष्कर्ष हलमा प्रस्तुत हुनेछ । त्यसमा अध्यक्ष प्रचण्डले जबाफ दिनेछन् ।

विशेषगरी जेनजी आन्दोलन र त्यसपछिको परिस्थितिपछि माओवादी केन्द्रले मंसिरमा विशेष महाधिवेशन गर्ने तयारी गरेको छ । पदाधिकारी बैठकबाट भएको उक्त निर्णयलाई केन्द्रीय कमिटीमा छलफलको प्रस्ताव बनाइएको छ ।

केन्द्रीय कमिटीले अनुमोदन गरेपछि उक्त निर्णयले औपचारिकता पाउनेछ ।माओवादीको केन्द्रीय समितिको आकार ४०८ सदस्यीय छ ।

Jantedhunga
प्रतिक्रिया