खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको मुख्य बजार क्षेत्रमा गाउँपालिका र घरेलु तथा साना उद्योग कार्यालय खोटाङको सहकार्यमा बजार अनुगमन गरिएको छ।
घरेलु तथा साना उद्योग प्रतिनिधि, गाउँकार्यपालिका कर्मचारी, नेपाल प्रहरी, गाउँपालिका प्रहरी, जनप्रतिनिधि, सरोकारवाला लगाएतको टोलीले दिप्रुङ चुइचुम्मा गाउँपालिकाको मुख्य ब्यापारिक केन्द्र पंचमी बजार र गाउँपालिकाको केन्द्र याङ्सोलाटारमा संचालित व्यावसायिक किराना पसल, होटल, वर्कसर्फ तथा औषधि पसलहरुमा अनुगमन गरिएको छ।
अनुगमनको क्रममा ब्यबसाय दर्ता तथा नवीकरण, उपभोग्य बस्तुको गुणस्तर,बजार मुल्य लगाएतको निरिक्षण गरी म्याद गुज्रिएको तथा गुणस्तरहिन पिए पदार्थ र खाद्यान्नहरुलाई नष्ट गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत पिएस्पी चाम्लिङले जानकारी दिनु भयो।
ब्यबसाय दर्ता, नवीकरण नभएको ब्यबसायलाई तुरुन्त दर्ता तथा नवीकरणका लागि सुझाव दिएको साथै मानवीय स्वास्थ्यसंग सम्बन्धित संबेदनसिल औषधि पसललाई भने दर्ता तथा नबिरकरण लगाएत आबश्यक प्रक्रिया पूरा नभएसम्म तत्काल संचालन नगर्न निर्देशन दिइएको समेत निमित्त प्रमुख प्रशासकीय अधिकृत चाम्लिङले बताउनु भयो।
उपभोक्ता तथा सेवाग्राहीहरुको गुनासो समेतलाई संबोधन गरी ब्यबस्थित,मर्यादित र गुणस्तरीय ब्यबसाय संचालनका लागि प्रोत्साहन गर्दै ब्यबसायी तथा उपभोक्ताको समस्या पहिचान र समाधानको लागि बजार अनुगमन गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताउनु भयो। राईले "हामी स्थानीय ब्यबसायी तथा उपभोक्ताहरु दुबैको हितमा काम गर्छौ।"आगामी दिनमा निरन्तर बजार अनुगमन गर्ने र उपभोक्ता तथा ब्यबसायी मैत्री गाउँपालिका निर्माण गरिने भन्दै यसका लागि सहयोग गर्न ब्यबसायी तथा सम्बन्धित सबैलाई आह्वान समेत गर्नु भयो।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो