मनमौजी शिक्षक सरुवा गर्दै धरान उपमहानगरपालिकाको : शिक्षा महाशाखा
वडाअध्यक्ष फागोले विद्यालयलाई आफन्त भर्ती केन्द्र बनाए : व्यवस्थापन समिती सदस्य –राई
धरान,१७ माघः धरान उपमहानगरपालिका धरान ११ स्थित ज्ञानोदय माविमा शिक्षा महाशाखाले मनपरी शिक्षक सरुवा गरेको पाईएको छ ।
११ नम्बर वडा अध्यक्ष लोकेन्द्र फागो र शिक्षा महाशाखाका प्रमुख गणेश प्रसाद खतिवडाले आफनो मनमौजी शिक्षक सरुवा गरेका हुन् । वडा अध्यक्ष फागो शिक्षा समितीका सदस्य समेत हुन् ।
धरान उपमहानगरपालिका वडा नम्बर २० भालढुंगा माध्यमिक विद्यालयमा डेढ वर्ष अघिमात्र सरुवा भएर गएका हुन् कृष्ण कला लिम्बु । उनै शिक्षिका लिम्बुलाई शिक्षा महाशाखाले भर्खरै मात्र धरान ११ स्थित ज्ञानोदय माविमा २०८१ मंसिर २६ गते सरुवाको अनुमती दिएको छ । भने सोही भालढुंगा मावि प्रावि तहका शिक्षिका हुन् कविता राई । शिक्षिक राई सरुवाको प्रकृया समेत शिक्षा महाशाखाले थालेको छ ।
शिक्षकहरुको सुरुवाको प्रकृयाबाट भालढुंगा माविका विद्यार्थीहरु मारमा पर्दै छन् ।
एक त धरानकै दुर्गम ठाँउ जहाँ २ देखि ३ घण्टा हिंडेर पढ्नु पर्ने विद्यार्थीले शिक्षक नभएका कारण अध्ययन अध्यापनबाट बञ्चित समेत हुनुपर्ने अवस्था आएको एक विद्यार्थीले बताए ।
धरान उपमहानगरपालिका शिक्षा नियामावली २०७४ को दफा ५७ को उपदफा १,२,३,४ अनुसार ‘नगरपालिका भित्र एक विद्यालय बाट अर्को विद्यालयमा तह तथा विषय मिल्ने दरबन्दी भित्र सरुवा गर्दा प्रमुख प्रशासकिय अधिकृतले सरुवा गर्न सक्ने व्यवस्था छ । भने शिक्षक सरुवा प्रत्येक शैक्षिक सत्रको पहिलो महिनामा मात्र गरिने व्यवस्था छ ।
एक पटक सरुवा भएका शिक्षकले त्यस विद्यालयमा साधारणतया अर्को पटक सरुवा लिन चाहे ४ बर्ष पुगेपछिमात्र सरुवा लिने प्रावधान रहेको छ ।’
नियामवलीमा जस्तो प्रावधान रहेता पनि शिक्षा महाशाखा प्रमुख खतिवडाले शिक्षा नियामवलीलाई वेवास्ता गर्दे शिक्षक लिम्बुलाई २०८१ मंसिर २४ गते सरुवाका निर्णय गर्दे मंसिर २६ गते सुरुवाको अनुमती पत्र पठाएका हुन ।
शिक्षा महाशाखाका प्रमुख खतिवडाले शिक्षक सरुवा अनुमति प्रशासकिय अधिकृतले मात्र गर्ने व्यवस्था रहे पनि प्रशासकीय अधिकृत नभएका बेला सरुवा अनुमति दिएका हुन ।
प्रशासकीय अधिकृत भुपेन्द्र राई मंसिर १६ गते सरुवा लिएर गएका थिए भने अर्का प्रशासकिय अधिकृत अम्बिका चौलागाई पुस ३ गते उपमहानगरपालिका हाजीर भएका थिए ।
दुवै प्रशासकीय अधिकृत नभएको मौका छोपि भालढुंगाकि शिक्षिका लिम्बुलाई महाशाखा प्रमुख खतिवडाले मंसिर २६ गते सरुवाको स्वीकृती दिएका हुन् । भालढुंगा माविका प्रध्यानाध्यापक सुरेन्द्र अधिकारीले मंसिर २७ गते रमना दिएका छन् ।
शिक्षा मन्त्रालयले जारी गरेको शिक्षक सरुवा सम्बन्धी निर्देशिका २०८१ को परिच्छेद ३ को दफा ९ को उपदफा १ बमोजिम शिक्षक सरुवा गर्दा स्थानीय तहले दफा ९ बमोजिम १५ दिन भित्र सुचना आफनो वेवसाईटमा वा सुचना पार्टी र विद्यालयमा प्रकाशन गनुपर्ने छ ।
नियमावली अनुसार सुचना पार्टीमा सुचना टाँस गनुपर्ने जस्ता नियम रहेपनि स्कुल र शिक्षा शाखाले कुनैपनि प्रकृया नअपनाएको एक स्रोतले बताएको छ ।
विवादका बिच शिक्षक सुरुवा प्रकृया सुरु:
शिक्षिका राईलाई सरुवाको प्रकया सुरु देखि नै विद्यालयका प्रअ र शिक्षक अभिभावक संघ र व्यवस्थापन समितीका सदस्य बिच शिक्षकहरुले विरोध समेत गरेका थिए ।
शिक्षकका विवादका बिच समेत शिक्षकहरुको कुरा अस्विकार गर्दे प्रअ र वडा अध्यक्षले शिक्षक सरुवा अगाडि बढाएका हुन् ।
नगर प्रमुख हर्क साम्पाङको आदेशमा सरुवा:
नियम विपरीत शिक्षक सरुवा गरिएको बारे शिक्षा महाशाखा प्रमुख गणेशप्रसाद खतिवडासँग सम्पर्क गर्दा उनले शिक्षक सरुवा नगर प्रमुख हर्क साम्पाङको निर्णयको आधारमा भएको बताए ।
उनले भने ‘शिक्षक सरुवा मेयर साबको निर्णय अनुसार भएको हो ।’ उनले धरान उपमहानगरपालिकाको शिक्षा नियमावली नै नबनेको बताए । तर उपमहानगरपालिकाको वेबसाइटमा भने शिक्षा नियमावली राखिएको छ । उक्त नियमावली २०७४ सालमा बनेको हो ।
विद्यालय व्यवस्थापन समिति नभएको अवस्थामा शिक्षक सरुवा:
उच्च अदालत बिराटनगरले अन्तरिम आदेश जारी गर्दै ज्ञानोदय माविमा विद्यालय व्यवस्थापन समिती नभएको अवस्थामा केही काम पनि नगर्नु नगराउनु भनेको छ । भने विद्यालयले अदालतको अन्तरिम आदेश उल्लंघन गर्दै शिक्षक सरुवा गरेको छ । ज्ञानोदय माविले विद्यालय व्यवस्थापन समितिमा भएका दुई जना सदस्यहरुलाई समेत नसोधि आफखुसी शिक्षक भर्ती गरेका हुन् ।
विद्यालय वडा अध्यक्ष फागोको आफन्त भर्ती केन्द्र भएको छ : राई
विद्यालय व्यवस्थापन समितिका सदस्य कला राईले भने ‘वडाअध्यक्ष फागोले विद्यालयलाई आफनो आफन्तको भर्ती केन्द्र बनाएको छन् ।
उनले वडाअध्यक्ष फागोको शिक्षिका लिम्बु साईनोले छोरी हुन भने शिक्षिका रार्ई ज्वाईका आफनै भाउजु (सोही विद्यालयका शिक्षक रिद्धि कुमार राई) हुन् । विद्यालयमा व्यवस्थापन समिती खारेज गर्न लगाउने पनि वडाअध्यक्ष फागो हुन् ।
उनको विद्यालयमा हाली मुहाली छ । उनी पूर्व विद्यालय व्यवस्थापन समितीका अध्यक्ष पनि हुन् । तर पुन आफै अध्यक्ष हुनु पर्ने माग राख्दै उनै वडाअध्यक्ष फागोले विद्यालय व्यवस्थापन समिती भङग समेत गरि दिएको राईले बताईन ।
सो विषयमा बुझन ज्ञानोदय विद्यालयका प्रअ देव कुमार श्रेष्ठलाई फोन सम्पर्क गर्दा उठाएनन । भने वडाअध्यक्ष फागोलाई सम्पर्क गर्दा फोन रिसिभ गरेपछि सो बिषयमा सोध्दा उनले अहिले म फुर्सद छैन भरै फोन गर्छु भन्दै फोन काटिदिए ।
