पाँचथरमा बोलेरो दुर्घटना : २ भारतीय सहित १० जना घाइते

Jantedhunga

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–५ अन्तर्गत  मेचीराज मार्गमा शुक्रबार दिउँसो बोलेरो गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।                          बिर्तामोडबाट ताप्लेजुङतर्फ जाँदै गरेको मे १ ज १७६६ नम्बरको बोलेरो गाडी आफैं अनियन्त्रित भएर दिउँसो करिब २ बजेतिर दुर्घटनामा परेको थियो । गाडी सडकबाट करिब २५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ताप्लेजुङको सिरिजंघा गाउँपालिका–२ की १५ वर्षीया ज्योति भट्टराई, सिरिजंघा–७ की २५ वर्षीया पवित्रा भट्टराई, उनकी छोरी समीक्षा भट्टराई, सिरिजंघा–५ का ५० वर्षीय दिपेश भण्डारी, सिरिजंघा–४ की ३८ वर्षीया देवीमाया भट्टराई, पर्साको वीरगञ्ज महानगरपालिका–११ का ४२ वर्षीय मोहम्मद अन्सारी, सिराहाको लहान नगरपालिका–५ का २३ वर्षीय महेशकुमार कामत, रामेछापको गोकुलगंगा गाउँपालिका–१ का ३० वर्षीय युवराज सुनुवार, भारतको नागाल्यान्ड निवासी २४ वर्षीया योङ्जोय सोन्याक तथा भारतको आसाम निवासी २१ वर्षीया सोनिया मेस घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Jantedhunga
प्रतिक्रिया