मानव धर्म सेवा समितिको एक दिवसीय सक्सिड विथ स्प्रिचुवालिटी कार्यशाला

Jantedhunga

२२ वैशाख, काठमाडौं । नेपाल मानव धर्म सेवा समिति युवा संगठनले एक दिवसीय सक्सिड विथ स्प्रिचुवालिटी कार्यशाला  सम्पन्न गरेको छ । 

काठमाडौंमा भएको कार्यक्रममा नेपाल मानव धर्म सेवा समिति केन्द्र प्रमुख महात्मा चमेली वाईजीले  अहिलेका युवाहरुले समयमा नै आफूलाई चिन्न सके र अध्यात्ममा लाग्न सके भोलिका दिनमा युवाहरुले बाटो बिराएर भड्किनु नपर्ने बताईन । अध्यात्मले शान्तिको बाटोमा लाग्न प्रेरणा दिने बताउदै उनले अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई सानैदेखि हाम्रो धर्म संस्कृतिका बारेमा थाहा पाउनुपर्ने बताईन । 

कार्यक्रममा नेपाल मानव धर्म सेवा समितिका वरिष्ठ सल्लाहकार डा. जयप्रकाश अग्रवालले हामीले गर्भदेखि नै ध्यान साधना गर्ने गरेको तर जन्मिएपछि भने बाहिरी संसारमा भुलेकाले ध्यान साधना बिर्सिएको बताउँदै ध्यान साधनामा लाग्न युवाहरुलाई प्रेरणा दिए। 

कार्यशालामा युवाहरुलाई योग, ध्यानको अभ्यास गराइएको थियो । साथै विभिन्न कलाकारहरुद्वारा गीत संगीत प्रस्तुत गरिएको थियो । कार्यक्रममा युवाहरुले विभिन्न विषयमा वादविवाद पनि गरेका थिए । 

कार्यक्रममा पोषणविद् डा. यदुराम उप्रेतिले घरमा बनाइएका सफा र ताजा खाना, हरियो सागसब्जी, फलफूलमा राम्रो पोषण पाइने भन्दै घरमै बनाएर खाना खान सुझाव दिए।उनले बजारमा पाइने प्लाष्टिकमा प्याक गरिएका खाना स्वास्थ्यका लागि अति नै हानिकारक रहेकाले त्यस्ता खाना नखान सबैलाई आग्रह गरे ।

Jantedhunga
प्रतिक्रिया