विराटनगर — नेपाली कांग्रेससँगको पूर्व सहकार्य टुटेसँगै सिर्जना भएको नयाँ राजनीतिक परिस्थितिमा एमालेभित्रको तीव्र आन्तरिक किचलो अन्त्य भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आत्मालोचना गर्दै पार्टी र नेतृत्वको संस्थागत निर्णय मान्ने प्रतिबद्धता जनाएपछि उहाँले मुख्यमन्त्री पदमा निरन्तरता पाउने हुनुभएको छ।
यसअघि सत्ता साझेदार कांग्रेससँगको सहकार्य टुटेपछि एमालेभित्रै मुख्यमन्त्रीको नेतृत्वलाई लिएर तीव्र मतभेद सुरु भएको थियो। सुरुवाती चरणमा अध्यक्ष ओली मुख्यमन्त्री कार्कीलाई पुनः निरन्तरता दिने पक्षमा हुनुहुन्नथ्यो। तर, कार्कीले पार्टी अनुशासन र केन्द्रीय नेतृत्वको निर्देशनलाई पूर्ण रूपमा शिरोधार्य गर्ने स्पष्ट पारेपछि विवाद निरुपण भएको हो।
कांग्रेससँगको सहकार्य अन्त्य: नेपाली कांग्रेससँगको सत्ता साझेदारी भङ्ग भएसँगै प्रदेशमा नयाँ राजनीतिक समीकरणको बाटो खुलेको हो। अध्यक्ष ओलीसँग आत्मालोचना: विगतका असमझदारी र कार्यशैलीप्रति आत्मालोचना गर्दै कार्कीले पार्टी केन्द्रीय कमिटी र नेतृत्वको संस्थागत निर्णय बमोजिम चल्ने मौखिक प्रतिबद्धता व्यक्त गरेको एमाले स्रोतले बताएको छ।
आन्तरिक रसाकसी र गुटगत अन्योल अन्त्य गर्दै अध्यक्ष ओलीले हिक्मतलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिन सहमति जनाएका छन् ।अध्यक्ष ओलीको ग्रिन सिग्नल पाएसँगै एमालेभित्रको अन्योल तत्कालका लागि साम्य भएको छ। मुख्यमन्त्री कार्कीले अब पार्टीको संस्थागत लाइन र नयाँ शक्ति समीकरणअनुसार प्रदेश सरकारको कार्यभार अगाडि बढाउनु हुनेेछ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो