५९ किलोग्राम गाँजा सहित तीनजना भारतिय नागरिक पक्राउ

Jantedhunga

सुनसरी, वैशाख ६ गते ।

सुनसरीको धरान उप-महानगरपालिका-१३ कोशी लोकमार्गबाट लागूऔषध गाँजा बोकेको भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।                                                            वैशाख ५ गते इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा BR10 PB 2241  नम्वरको गाडीको सिट मुनी लुकाई छिपाई राखेको अवस्थामा ५९ किलोग्राम गाँजा बरामद गरेको थियो । गाडीबाट लागूऔषध गाँजा बरामद भए संगै चालक भारत सुपौलका सुवोध कुमार सहित गाडीमा सवार रोहित कुमार र मोहम्मद जमशेरलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

Jantedhunga
प्रतिक्रिया