खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले गत १० देखि १२ गतेसम्मको बिनासकारी अबिरलको बर्षातका कारण आफ्नो गाउँपालिका भित्र बाढी, पहिरो लगाएतका कारणले क्षती भएका घर/खेतबारी/जग्गाको प्रकृति र क्षती विवरण अनुसार प्रतिघर रु.३५ हजार र अन्न बाली अन्तरगत रु. ८ हजारसम्म आर्थिक सहायता तथा राहात उपलब्ध गराउने निर्णय गरेको छ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका, गाउँकार्यपालिकाको आज बसेको ४५ बैठकले आवास/घर पुनर्स्थापन अन्तर्गत पुर्ण क्षती रु. ३५,०००।-, आशिँक क्षती रु. १५ हजार र धान/मकै/कोदो/जुनेलो खेती पुर्णनस्ट रु. ३,०००।- र तेलहन/दलहन अन्तरगत रु. ८,०००।- राहात तथा आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो।
गत ३ दिनको लगातारको बर्षातले देशमा ठूलो धन, जनको क्षती पुर्याएको छ। दिप्रुङ चुइचुम्मा गाउँपालिकामा भने मानवीय क्षती नभएता पनि गाउँपालिका भित्रका सडकबाटो, बिध्यालय जस्ता भौतिक संरचनामा ठूलो क्षती भएको छ। साथै नागरिकका घर/गोठ/खेरबारी र चौपायाहरु क्षती भएका छन्।
सडकबाट तथा भौतिक संरचनाहरुको मर्मत, निर्माण सम्बन्धी काम अघि बढाई सकिएको र नागरिकहरुको घर/खेतबारी र अन्नबालीमा भएको क्षतिलाई सम्बोधन गर्दै गाउँकार्यपालिका को बैठकबाट मापदण्ड तयार गरि जनतालाई आर्थिक सहायता तथा राहत प्रदान गर्न लागिएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए।
गाउँपालिका भित्र सिमित स्रोत साधन भएता पनि जनताको घाउमा पलमपट्टी लगाउन क्षतिको प्रकृति र विवरण अनुसार समान रुपमा ब्यबस्थित गरि आर्थिक सहायता तथा राहात बितरण गर्न मापदण्ड तयार गरिएको अध्यक्ष राईले बताए।
निरन्तरको बर्षातले गत १२ गते सगरमाथा राजमार्ग अन्तरगतको खोटाङको लाइफ लाइनको रुपमा रहेको फोक्सिङटार मोटेरेबल पुल समेत सुनकोशीमा आएको बाढिले बगाएपछी खोटाङ जिल्लाले फेरि प्राकृतिक नाकाको सामाना गर्नु परेको छ। भने खोटाङबाट तराई क्षेत्रको सिधा सम्पर्क टुटेको छ। उक्त मोटरेबल पुल बाढीले बगाएपछी जिल्लाबासी आम जनसमुदायहरु निराश छन् भने जिल्ला स्थित नेता र सम्बन्धित निकायको निरन्तर ध्यानाकर्षण गराईरहेका छ्न।
साथै जिल्ला स्थित दलका नेता, जनप्रतिनिधि, पुर्व जनप्रतिनिधि लगाए सामाजिक अगुवाहरुले जुनसुकै बिकल्पबाट छिटो त्यसक्षेत्रमा सवारीआवत- जावतको ब्यबस्था मिलाउनु पर्ने भन्दै विभिन्न निकायहरुमा पहलकदमी गरिरहेको देख्न सकिन्छ। उक्त पहलकदमी कति सार्थक हुने हो ? र कहिलेबाट सवारी आवात-जावत संचालन हुने हो? त्यो भने हेर्न बाँकी छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो