बाढीपीडितको उद्दार तथा राहतको काममा सरकार जिम्मेवार नदेखिएको सांसद कुँवरको आरोप

Jantedhunga

काठमाडौँ। प्रतिनिधिसभा सदस्य शेरबहादुर कुँवरले बाढीपीडितलाई  उद्दार तथा राहत दिने कुरामा सरकार जिम्मेवार नदेखिएको  आरोप लगाएका छन् ।

सोमबार संसदको शून्य समयमा बोल्दै सांसद कुँवरले वर्षातका कारण प्रभावित बनेका जनतालाई राहत दिने काममा सरकारले प्रभावकारी कदम चाल्न नसकेको आरोप लगाएका हुन् ।

नेकपा (एकीकृत समाजवादी) का नेता  सांसद कुँवरले भने ‘अहिले देश वर्षा र झरीका कारण दुःख ब्यहोरिरहेको छ। आजसम्म कति मानिसहरूले ज्यान गुमाए ? कति वेपत्ता बने ? कति मानिसहरूको उठिबास बन्यो ? यी सवालहरूको जवाफ सकारले संसदलाई दिनुपर्छ।’

सांसद कुँवरले  सरकारलेअहिलेसम्म गरेका काम र राहत तथा उद्धारका बारेमा संसदलाई जानकारी दिन माग गरेका छ्न।

Jantedhunga
प्रतिक्रिया